About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
सरावल गाउपालिका का माध्यमिक बिद्यालयमा महिला मैत्रीपूर्ण शाैचालय निर्माण हुन्छ:उत्तमा राय

Darpanpost बिहिबार, आषाढ २१, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

 नन्दु यादव ,

असार २१ बेलाटारी  । जिल्ला काे सरावल गाउपालिका मा रहेकाे नेपाल सरकारकाे स्वामित्व मा सन्चालन माध्यमिक बिद्यालयहरुमा महिलामैत्री शाैचालय अबकाे अार्थिक बर्षमा निर्माण हुने गाउपालिकाकि उपाध्यक्ष उत्तमा रायले ले बताउनु भएको काे छ ।अाज सरावल गाउपालिकामा मा भएकाे जेष्ठ नागरिक सम्मान कार्यक्रममा मा बाेल्दै वहाले यस्ताे कुरा बताउनु भएकाे छ । जनता माध्यमिक बिद्यालय भुजहवा ,महेन्द्र जनता माध्यमिक बिद्यालय गडाैरी ,महेन्द्र माध्यमिक बिद्यालय सरावल अादर्श माध्यमिक बिद्यालय खाेखरपुरा ,बसन्त माध्यमिक बिद्यालय बासा,जनता माध्यमिक बिद्यालय मनरी र सरावल गाउपालिका लगायतका ठाउमा महिलामैत्री शाैचालय निमार्ण गर्न लागिएकाे रायले बताउनु भएकाे छ ।बिद्यालयमा छात्र तथा महिला शिक्षिकाहरुलाई महिनवारी अाएकाे समयमा छात्रा हरु छुट्टि लिएर धमाधम घर जादा गुणस्तरीय शिक्षा हुन नसकेकाे समस्या रहेकाेछ ।अहिले हरेक बिद्यालयमा महिला मैत्री शाैचालय नरहेकाे ले छात्रा र महिला शिक्षिकाहरुलाई प्रत्येक महिना समस्या रहेकाे बताउदै अाफुल याे याेजना का साथ शाैचालय निर्माण मा मेराे महत्त्वपूर्ण भुमिका हुने भन्नू भयाे । कुल ७ वटा शाैचालय निर्माण हुने बताउनु भयाे ।प्रत्येक बिद्यालयमा निर्माण हुदा करिब ४९ लाख बजेट खर्च हुने बताउनु भएकाे छ ।एउटा शाैचालय ७ लाखकाे लगानीमा निर्माण हुन्छ । शाैचालय भित्र पानी तथा सेनेटरी प्याडकाे डिस्पोजल हुने समेत ब्यवसथा गरिने बताउनु भयाे ।शाैचालय निर्माण भएपछि बिद्यालयमा छात्राहरुकाे सख्या बढने अनुमान गरिएकाे समेत बताउनु भयाे ।अब सरावल गाउपालिकामा २ वटा बच्चा मात्र जन्माउने परिवारकाे बचचाहरु प्रतेक बच्चा बराबर ५ हजार रकम पाेषणकाे लागि उपलब्ध गराउने याेजना रहेकाे बताउनु भएकाे छ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com