About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
गुल्मी दरवारले पुराना शिक्षक हटाउने नयाँ भित्राउने

Darpanpost सोमबार, आषाढ १८, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

असार–१८ ,  गुल्मी । 
शैक्षिक सुधारका लागि गुल्मी दरवार गाउँपालिकाले केहि महत्वपुर्ण निर्णयहरु गरेको छ ।  त्यस गाउँपालिका भित्र रहेका विद्यालयहरुको शैक्षिक सुधारका लागि लामो वहस पछि त्यस विषयमा सम्पन्न गाउँ कार्यपालिकाको बैठकले साविकको जिल्ला शिक्षा कार्यालय लाई चुनौती पुर्ण लागेको दरवन्दी मिलान कार्य लाई समेत समधान गरेको छ ।

त्यस गाउँपालिका भित्र रहेका कुल ३५ वटा विद्यालयहरु मध्ये विद्यार्थी संख्यालाई अध्यन गरी शिक्षक संख्या बढि भएका विद्यालय बाट दरवन्दी कटौती गरी शिक्षक संख्या कम भएका विद्यालयहरुमा थप गर्ने निर्णय गरिएको छ । त्यस क्रममा गाउँपालिकाले १४ वटा दरबन्दी कटौती गरेको छ ।  त्यसरी कटौती भएका दरवन्दी लाई गाउँपालिकाको पुल दरवन्दी मानी ति पुल दरवन्दी शिक्षकहरु लाई शिक्षक संख्या कम भएका विद्यालयहरुमा पठाउने भएको छ । त्यस्तै माध्यामिक तहका विद्यालयहरु लाई केन्द्रित गरी निम्न माध्यामिक तहमा नपुग भएका ११ जना विषयगत शिक्षकरु लाई गाउँपालिकाको श्रोत बाट व्यवस्थापन गर्ने निर्णय गरी दरवन्दी सिर्जना गरेको छ । त्यस्तै प्रत्येक विद्यालयहरुमा वालवालिका विकास केन्द्र रहने शिद्धान्त लाई आधार मानी वालवालिका विकास केन्द्र नरहेका ७ वटा विद्यालयहरुमा वालविकास केन्द्र समेत गाउँपालिका कै श्रोतबाट ब्यवस्थापन गर्ने भएको छ ।

गाउँपालिका भित्रमा निवृति भरणका लागि अवधी पुगेका शिक्षकहरु लाई केन्द्रिकृत गरी शैक्षिक अवकास योजना अगाडी सारेको छ । यस योजनामा अवकास लिने शिक्षकहरु लाई प्रोत्साहन स्वरुप खाई पाई आएको दुई महिनाको तलव भत्ता समेत गाउँपालिकाले दिने भएको छ ।
गुल्मी दरवारले स्थानिय शिक्षा ऐन–२०७५ जारी गरेको छ ।

उक्त ऐन अन्तरगत प्रत्येक विद्यालयका प्रधानध्यापकले ‘विद्यालय विकास प्रस्ताव’ गाउँपालिका शिक्षा शाखामा पेश गर्नु पर्ने छ ।
त्यसरी पेश भएका विद्यालय विकास प्रस्ताव कमजोर र असक्षम देखिएमा गाउँपालिकाले स्वतःहटाएर अर्को प्रधानध्यापक नियुक्ति गर्ने भएको छ । त्यस गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद शर्माका अनुसार गुल्मी दरवारले अहिलेको पिढीलाई दिनु पर्ने शैक्षिक गुणस्तरका लागि स्थानिय शिक्षा ऐन–२०७५ जारी गरिएको हो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com