दर्पण पोस्ट – १८ असार ,नवलपरासी । नवलपरासीको प्रतापपुर गाउपालिका वडा नम्बर ३ मा धनेवा खोलाको बांध फुटेर बाढी बस्तीमा पस्दा सय भन्दा बढी घर डुवानमा परेका छन् । बर्षाका कारण धनेवा खोलामा पानीको सतह बढेर विहान १० बजे तिरको समयमा उत्तर पश्चिमको बांध फुटेपछि अमहवा,नन्दपुर,धनेवा,बरगदवा लगायतका क्षेत्र डुवानमा परेको प्रतापपुर ३ का वडा अध्यक्ष दिवाकर चौधरीले जानकारी दिनुभएको छ । डुवानमा परेका परिवारलार्ई शसस्त्र प्रहरी र स्थानियको सहयोगमा उद्धार गर्ने काम भैरहेको शसस्त्र प्रहरी निरिक्षक तेज बहादुर बुढाथोकीले जानकारी दिनुभएको छ ।बाढि प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन पनि आग्रह गरिएको छ ।