About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
पहिरो पिडितलाई बागलुङ समाज पोखरा र राजमो बागलुङद्वारा राहत प्रदा गत

Darpanpost आइतबार, आषाढ १७, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

बागलुङ  १७  असार ।    बागलुङको धुल्लुबाँस्कोटका पहिरो पिडितलाई बागलुङ समाज पोखरा र राजमो बागलुङद्वारा राहत प्रदा गत सोमबार राति परेको वर्षाका कारण पहिरोमा परि ज्यान गुमाएका धुल्लुबास्कोटका विष्णु बहादुर क्षेत्रीका घरपरिवार तथा धुल्लुबास्कोटका विस्थापित घरपरिवालाई बागलुङ समाज पोखराले नगद रु १ लाख १ हजार १ सय ११ रुपैया आर्थिक सहयोग सहयोग गरेको छ । बागलुङ समाज पोखराका अध्यक्ष कुलचन्द्र शर्मा र सदस्यद्वय भागिरथ शर्मा र तिलक थापा, बरेङ गाउँपालीकाका अध्यक्ष कृष्ण प्रसाद शर्मा लगाएतको टोलिले मृतक तथा विस्थापित परीवारका घरमै पुगेर आर्थिक सहयोग गरेको होे ।

बागलुङ समाज पोखराका अध्यक्ष शर्माले घरबास गुमाएकाहरुका लागी क्षतिको प्रकृति हेरेर राहत हस्तान्त्रण गरिएको बताउँदै देश विदेशमा रहेका सम्पुर्ण व्यक्ति संघसस्था लगाएतालाई सहयोगको लागी अपील गरिएको समेत बताउनुभएको छ ।

प्राप्त राहतको सूचि अनुसार मृतकका छोरीहरु मञ्जु क्षेत्री र अस्मिता क्षेत्रीलाई एकमुष्ठ रु १ लाख १ हजार १ सय ११ र पदम बहादुर के.सी. का छोरा बर्ष ८ का मौषम केसीलाई रु ५ हजार ५ रुपैया हस्तान्तरण गरिएको हो ।

त्यस्तै सोही वर्षाका कारण पहिरोमा परि ज्यान गुमाएका धुल्लुबास्कोटका विष्णु बहादुर क्षेत्रीका घरपरिवार तथा धुल्लुबास्कोटका विस्थापित घरपरिवालाई राष्ट्रिय जनमोर्चा जिल्ला समिती बागलुङले नगद रु ७८ हजार आर्थिक सहयोग सहयोग गरेको छ ।

राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापा, बरेङ गाउँपालीकाका अध्यक्ष कृष्ण प्रसाद शर्मा, वडा नम्वर १ का वडा अध्यक्ष नरसेङ पुन लगाएतको टोलिले मृतक तथा विस्थापित परीवारका घरमै पुगेर क्षतिको आधारमा आर्थिक सहयोग गरेको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

अध्यक्ष थापाले घरबास गुमाएकाहरुका लागी क्षतिको प्रकृति हेरेर राहत हस्तान्त्रण गरिएको बताउँदै देश विदेशमा रहेका सम्पुर्ण व्यक्ति संघसस्था लगाएतालई सहयोगको लागी अपील गरिएको समेत बताउनुभएको छ ।

प्राप्त राहतको बिस्तृत सूचि अनुसार स्थानिय मञ्जु क्षेत्री रु १० हजार, अस्मिता क्षेत्री रु १० हजार, पदम बहादुर के.सी. रु १० हजार, थुमा घर्ती रु १० हजार, तारापति शर्मा रु ५ हजार, शिब केसी रु ५ हजार, कृष्ण ब केसी रु ५ हजार, एकादेउ शर्मा रु ३ हजार, रत्न बहादुर केसी रु ३ हजार, सुन्तली घर्ती रु ३ हजार, चन्द्रकली घर्ती रु ३ हजार, टेक बहादुर थापा रु ३ हजार, भिम बहादुर श्रीस ३ हजार,तुलसी घर्ती रु ३ हजार र कुमारी घर्तीलाई रु २ हजारका दरले राहत रकम हस्तान्तरण गरिएको रेडियो विहानीका कोअर्डिनेटर प्रकाश छन्त्यालले वताउनु भयो ।

सोमबार राति परेको बाढिले धुल्लुबास्कोट लुरुङका विष्णु बहादुर क्षेत्री सहीत उहाँकी श्रीमति विष्णुमाया र ३ महिने छोरीको ज्यान गएको थियो भने धुल्लुबास्कोट र हुग्दिशिरमा गरी ३८ घरपरिवार विस्थापित भएका छन भने करोडौँको खेतबारीमा क्षेति पु¥याएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com