दाङ १७ असार । नेपाल बिद्यार्थी संघ जिल्ला कार्यसमिति दाङले आफनो कार्यकर्ता रिहाईको माग गरेको छ । नेपाल बिद्यार्थी संघ दाङले आज प्रेस बिज्ञप्ती जारी गर्दै आफना कार्यकर्ता प्रकास चौधरीलाई बिनासर्त रिहाई गर्न माग गरेको हो । नेपाल बिद्यार्थी संघको केन्द्रिय कार्यक्रम अनुसार,आज सरकारी गाडी संञ्चालनमा रोक लगाएको अवस्थामा पटक–पटक जानकारी गराउदापनि अटेर गरी गाडी चलाएको हुनाले गाडीमा तोडफोड गरिएको भन्दै पुलिस प्रशासनले जर्बजस्ती धरपकड सहित नेबिसंघका नेता प्रकाश चौधरीलाई प्रकाउ गरेको नेबिसंघ दाङ जिल्ला उपाध्यक्ष टोप बहादुर बुढाथोकीले बताउनुभयो । लोकतान्त्रिक गणतन्त्र मुलक नेपालमा शान्तिपुर्वक बिरोधका कार्यक्रम गर्दा पनि जबरजस्ती पक्राउ गरिनुले सरकारले लोकतन्त्रको मर्म बिपरीत कार्य गरेको भन्दै उपाध्यक्ष बुढाथोकीले उक्त कार्यप्रति घोरभत्र्सना गर्दै आफना पक्राउ परेका नेता प्रकाश चौधरीको तत्कालै बिनासर्त रिहाई गर्न माग गर्नुभएको छ । आफनो कार्यकर्तालाई बिना सर्त रिहाई नगरेको खण्डमा आफुहरुले अझ शसक्त रुपमा आन्दोलन चर्काउने उपाध्यक्ष बुढाथोकीले बताउनुभयो ।