About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
युवा सहभागीता विना विकास असम्भव

Darpanpost आइतबार, आषाढ १७, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

देवी भडारी,

दाङ १७ असार ।  युवा सहभागीता विना विकास सम्भव नभएको आज घोराहीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । स्थानिय निकायमा युवा सहभागीता तथा हाम्रो चासो विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् । नगरपालिका तथा उपमहानगरपालिकाको विकासका कार्यक्रम कसरी चलेका छन् , युवाकोृ सहभागिता कस्तो रहेको छ भन्ने उद्देश्यका साथ युवा कार्य नेपालले आयोजना गरिएको कार्यक्रममा युवाको लागी नयाँ योजना नभएको गुनासो पनि युवाहरुले गरेका छन् । साथै कार्यक्रममा युवाको सहभागीता नहुदा सम्म विकासले फड्को मार्न सम्भव नभएको भन्दै हरेक जिकासे योजनामा युवाहरुलाई सहभागी गराउन आग्रहपनि गरेका छन् । कार्यक्रममा बोल्दै प्रमुख अथिति घोराही उपमाहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले पेसालाई सम्मान गर्न सिके मात्र पनि विकासले गति लिने कुरामा जोड दिनु भएको थियो । त्यस्तै घोराही उपमहानगर पालिकाका उपप्रमुख सिता न्यौपानेले अवको रोजगार भनेको व्यवसाय भएको भन्दै व्यासायीक बन्न युवाहरुलाई सुझाव दिनु भएको थियो । महेन्द्र बहुमुखी क्याम्पस दाङका स्वतन्त्र बिद्यार्थी युनियन निर्वतमान सभापति प्रविन शर्माले युवाहरुसंग समन्वयको नभएको भन्दै स्थानीय निकायहरुले योजना बनाउदा दुरदर्सी योजना बनाउनु पर्नेमा जोड दिनु भएको थियो । यसैगरी कार्यक्रममा बोल्दै अधिबक्ता गोमा महराले स्थानिय निकायले पनि युवाहरुलाई नसमेटेको बताउनुभयो। कार्यक्रममा राजकुमार धिताल,सन्तोष पोख्रेल,गोपाल पोडेल, हरप्लेस दाङका सुनीता बि.एम.पत्रकार दुर्गालाल के.सी , किरण गौतम् , लगाएतले आ आफ्नो भनाई राख्नु भएको थियो । कार्यक्रमको सहजीकरण युवा कार्य नेपालका अध्यक्ष लक्ष्मी निरौलाले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com