गङ्गा भण्डारी ,
१७ असार, गुल्मी । गुल्मीमा फेला परेका २ शवमध्ये एकको पहिचान भएको छ । जिल्लाको मुसिकोट नगरपालिका–८ स्थित वामी रुक्से बाटो नजिकै शुक्रवार फेला परेको शवको पहिचान खुलेको हो । बेवारिसे शव ताराखोला गाउँपालिका–४, बागलुङकी ४६ वर्षीया चन्द्री दर्जीको भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले जानकारी दिए । मानसिक सन्तुलन गुमेकी दर्जी असार ७ गतेदेखि हराइरहेकी थिइन् । प्रहरीले शवको पहिचना खुलेसँगै परिवारलाई बुझाएको छ । असार १४ गते बिहीबार जिल्लाको कालिगण्डकी गाउँपालिका–४ को कालीगण्डकी नदी किनारमा भेटिएको शवको भने अझै पहिचान खुल्न सकेको छैन । युवतीको शव पहिचानका लागि सीमानाका जिल्लाहरुमा खबर गरे पनि पत्ता नलागेको प्रहरीले जनाएको छ ।