About Contact
१० आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
गुल्मीमा एसबि आई बैंकले आशालाई सहयोग

Darpanpost आइतबार, आषाढ १७, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

गङ्गा भण्डारी ,
१७ असार, गुल्मी ।
गुल्मीमा आशालाई एक संस्थाले सहयोग गरेको छ ।  अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको आशा अपाङ्ग केन्द्रलाई जिल्लाको सदरमुकाम तम्घासमा रहेको नेपाल एसबि आई बैंकले आफनो २५ औं वार्षिक एबं रजत जयन्तीको अबसरमा खाध्यन्न सामाग्री सहयोग गरेको हो । बैकले आफनो रजत जयन्ती मनाउने शिलसिलामा जिल्लामा अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको संस्थालाई केहि सानो सहयोग गर्ने उदेश्यले आशा अपाङ्ग केन्द्र गरिएको बैंकमा गुल्मी शाखा प्रबन्धक जयनारायण घिमिरेले बताए ।  बैंकले एक कार्यक्रम गरेर संस्थाको कार्यालयमा पुगेर दाल,चामल लगायतका खाध्यन्न सामाग्रीहरु आशा अपाङ्ग केन्द्र उपाध्यक्ष गंगा रायमाझी र संस्थाका कोषध्यक्ष ताराप्रसाद भुसाल लाई हस्तातरण गरेका हुन् ।
शाखा अपाङ्ग केन्द्रले अपाङ्गगत क्षेत्रमा निकै प्रसंशनिय गरेको देखेर प्रावित भएर केहि सहयोग गर्नु पर्छ भन्ने उदेश्यले सहयोग गरेको शाखा प्रबन्धक घिमिरेले बताए ।
कार्यक्रममा गुल्मी उद्योगा बाणिज्य संघ गुल्मीका अध्यक्ष दुर्गा प्रसाद पाण्डेयले बैंकले आफनो रजत जयन्तीको अबसरमा सामाजिक क्षेत्रमा गरेको सहयोग प्रशंसनिय रहेको बताए । बैंकले गरेको सहयोगले गरेको सहयोगले समाज अरु ब्यक्तिहरुलाई पनि सहयोग गर्नुपर्छ भन्ने भावना जगाएको अध्यक्ष पाण्डेयले बताए । खाध्यन्न सामाग्री बुझर्दै आशा अपाङ्ग केन्द्रकी उपाध्यक्ष गंगा रायमाझीले आशा अपाङ्ग केन्द्र लाई गरेको सहयोग प्रति धन्यवाद दिएकी थिइन् । उनले समाजले आशा अपाङ्ग केन्द्रलाई गरेको सहयोगले अपाङ्गगताको क्षेत्रमा लागेको घाउमा मलम जस्तै भएको बताइन् ।  आशा अपांग केन्द्रले जिल्लामा विगत आठ वर्ष अघिदेखि प्रत्यक्ष रुपमा अपांगताको क्षेत्रमा मात्र काम गर्दै आईरहेको छ । आशा अपाङ्ग कैन्द्रकी उपाध्यक्ष रायमाझी आफै अपाङ्ग हुन् ।  उनले उक्त संस्थामा रहेर गैरसरकारी संस्थाहरु सँग रकम संकलन गरेर गुल्मी जिल्लामा रहेका बिभिन्न अपाङ्गगता भएका ब्यक्तिहरुलाई बिभिन्न तालिम लगायतका सिप मुलक कामहरु सिकाउने र जिविको पार्जनमा टेवा पुर्याउने काम गर्दै आएकी छन् ।

सम्बन्धित

ताजा अपडेट
लुट कान्छा लुट भत्ताको नाममा रामग्राममै छ छुट ।
राहत शिक्षकहरुले काठमाडौंमा बिरोध प्रदर्शन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com