About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
तेस्रो गाउँ सभामा आगामी आर्थिक बर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रम प्रस्तुत

Darpanpost शनिबार, आषाढ १६, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

बागलुङ ।

बागलुङको काठेखोला गाउँपालिकाले आगामी आर्थिक वर्षमा गाउँपालिका भित्र ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम प्राथमिकताका साथ सञ्चालन गर्ने भएको छ । कृषि उत्पादनमार्फत रोजगारीको सिर्जना र गाउँ पालिकालाई आत्मनिर्भर बनाउन भन्दै गाउँपालिकाले ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम सुरु गर्न लागेको हो ।

तेस्रो गाउँ सभामा आगामी आर्थिक बर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष अमर थापाले काठेखोलालाई कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाउनको लागि मौसम र भुगोलका आधारमा ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम सञ्चालन गरिने बताउनुभएको थियो । भौगोलिक अवस्था र माटोको उत्पादन क्षमताका आधारमा गाउँपालिकाका अधिकांश वडामा आलु बाली उपयुक्त रहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको वडा नं १ देखी ४ सम्मका उपल्लो भागमा आलुको पकेट क्षेत्रको रुपमा विकास गर्ने योजना गाउँपालिकाले बनाएको छ । त्यस्तै, वडा नं ७ र ८ मा पनि आलु राम्रो फल्ने भएकाले आलुकै पकेट क्षेत्रको रुपमा विकास गरिने छ ।

बागलुङमा चर्चामा रहने गरेको बिहुँको सुन्तलालाई अझै बजारीकरण गर्न र उत्पादन बढाउनका लागि भन्दै गाउँपालिकाको वडा नं ५ र ६ मा भने सुन्तलाको पकेट क्षेत्र कायम गरिने अध्यक्ष थापाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com