About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
सर्पको टोकाइले एक बालकको मृत्यु

Darpanpost शनिबार, आषाढ १६, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नवलपरासी । नवलपरासी जिल्ला प्रतापपुर गाउँपालिकाको बेलाटारीमा सर्पको टोकाइले एक बालकको मृत्यु भएको छ ।
जिल्लाको रामग्राम नगरपालिका वार्ड न ४ जितपुर बस्ने सुरेन्द्रकुमार कुर्मीको छोरा अन्दाजी ३ बर्षिय दो अंश कुर्मीलाई बिहान पौने ६ बजे तिर गोबन सर्पले टोक्दा उपचार गर्न लैजाने क्रममा उनको मृत्यु भएको हो ।
प्रतापपुर गाउँपालिकाको बेलाटारीमा रहेको त्रिभुवन मा बि बेलाटारीमा अध्यापन गराउनको लागि शिक्षक सुरेन्द्र कुमार कुर्मी रामग्राम नगपालिकाको वार्ड न ४ जितपुर बाट बेलाटारी आई कोठा भाडामा लिएर परिवारको साथमा बस्दै आएका थिए ।
सोही भाडामा बसेको घरमा बिहानको समय पौने ६ बजे शिक्षक सुरेन्द्र कुमार कुर्मीको छोरा दो अंश कुर्मीलाई गोबन सर्पले टोकेपछि उनलाई उपचारका लागि बिनयी त्रिबेणि गाउँपालिकाको त्रिबेणिमा रहेको कृष्णदल गण सर्पदन्श उपचार केन्द्रमा लगिएको थियोे ।
कृष्ण दल गण सर्पदन्श उपचार केन्द्र त्रिबेणिमा औषधि नभएको भन्दै उनलाई उपचारका लागि बुटवल रिफर गरिएको र उपचारका लागी बुटवल लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको त्रिभुवन मा बि बेलाटारीका शिक्षक अमान उल्लाह अन्सारीले जनकारी दिनु भएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com