About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
पर्याप्त वर्षा नभएका कारण दाङमा १५ प्रतिशत मात्र धान रोपाइँ ।

Darpanpost शनिबार, आषाढ १६, २०७५ मा प्रकाशित

featured photo: Darpanpost
  • पर्याप्त वर्षा नभएका कारण अहिलेसम्म दाङमा १५ प्रतिशत मात्र धान रोपाइँ भएको छ । सिँचाईको अभावमा रोपाइँ हुन नसक्दा धानको ब्याडसमेत छिपिँदै गएको छ । जिल्लामा ३८ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने गर्छन् ।
    पर्याप्त वर्षा नहुँदा अहिलेसम्म १५ प्रतिशत जमीनमा मात्र धान रोपाइँ भएको जिल्ला कृषि विकास कार्यालय दाङका वरिष्ठ कृषि विकास अधिकृत दीपककुमार शर्माले जानकारी दिनुभयो ।
    धान रोपाइँमा ढिलाइ हुँदा धानको उत्पादनमा समेत कमी आउँछ, उहाँले भन्नुभयो, “ब्याड राखेको २२ देखि २५ दिनभित्र धान रोप्नका लागि उपयुक्त हुन्छ, तर ब्याड राखेको महिना दिनसम्म पनि किसानले रोप्न पाएका छैनन् ।”
    सिँचाइको व्यवस्था भएका केही स्थानमा किसानले धानको बीउ राख्ने र रोप्ने काम गरे पनि जिल्लाका अधिकांश स्थानका खेत बाँझै छन् । समयमै पानी नपरेका कारण यसवर्ष अघिल्ला वर्षहरुभन्दा ढिला धान रोपाइँ हुने भएको छ ।
तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com