About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
माला काण्डमा जनप्रतिनिधिको प्रतिक्रियाः हामीले के अपराध ग¥यौँ

Darpanpost शनिबार, आषाढ १६, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

टंक सुनार
असार १६ । शुक्रबार धान दिवश देशै भर धान रोपेर मनाइयो । रुपन्देहीको देवदह नगरपालिकाले पनि देनपा–११ सौधनियामा धान दिवश मनाउने कार्यक्रमको आयोजना ग¥यो । धान रोप्नु भन्दा अगाडी कृषकलाई सम्मान गर्ने कार्यक्रम थियो । सो कार्यक्रमका अध्यक्ष थिए नगर प्रमुख हिरा बहादुर खत्री । स्टेजको अगाडीको भागमा नगरप्रमुख संगै उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, प्रमुख प्रशाषकिय अधिकृत श्रीकृष्ण नेपाल, वडा अध्यक्ष पदम थापा लगायत बसेका थिए । उद्घोषक समेत रहेका कार्यक्रम संयोजक अश्विनी कुमार शर्माले जनप्रतिनिधिलाई सम्मान गर्न अनुरोध गरे संगै एक हुल महिलाहरु आय र धानको बिउको माला लगाइदिए । सोही तस्वीर अहिले समाजिक संञ्जालमा भाइरल भइहरको छ । किसान बिउ नपाएर छट्पटी रहेका वेला धानको बिउ माला लगाएको भन्दै जनप्रतिनिधिको चर्को आलोचना भइरहेको छ । सामाजिक संञ्जालमा कतिपयले त जुत्ता दिवश मनाउन समेत माग गरेका छन । कतिपयले नेपालको सान खेत प्लटिङ घाटीमा धान, घाटिको धान कहिले फल्ला भन्दै ब्यङ्ग्य समेत गरेका छन । अहिले समाजिक संञ्जालमा धेरैको टाइमलाइनमा माला काण्डनै देख्न सकिन्छ । देवदहका प्रतिष्ठित ब्यक्तिहरुले समेत नगरप्रमुख र उपप्रमुखको चर्को आलोचना गरेका छन । कतिले सामान्य कुरालाई आलोचना गरेर तिलको पहाड खडा गरेको भन्दै माला काण्डको बचाउ गरेका छन । माला काण्डको आलोचना गर्ने र बचाउ गर्नेहरु बिच यति वेला दोहोरी नै चलिरहेको छ । नगरप्रमुख हिरा बहादुर खत्रीले भने आफ्नो फेसबुकमा सम्मानको लागि दिएको माला स्वीकार गरेर आफुले अपराध नगरेको उल्लेख गरेका छन । यस्तै नगरउपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले आफुहरु माला लगाउने उद्देश्यले कार्यक्रममा सहभागि नभएको भन्दै यसको विरोध गर्नेहरु विकास विरोधी भएको आरोप लगाएकी छन ।

आयोजकको अपरीपक्कताका कारण जनप्रतिनिधि आलोचनाको सिकार बनेका छन । नगरपालिकाको कृर्षि शाखाको योजना अनुसार कार्यक्रम संञ्चालन भएको थियो । देनपा कृर्षि शाखाका प्रमुख अश्वीनी कुमार शर्माले भने कुनै प्रतिक्रिया दिएका छैनन । देख्दा अस्वाभाविक देखिने माला काण्डका केही फेसबुक प्रतिक्रिया यस्ता छन ।

 

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com