About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
महाशिला गाउँपालिकामा कृषकलाई यान्त्रिक हलो वितरण

Darpanpost शुक्रबार, आषाढ १५, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

असार १५, पर्वत । कृषकलाई व्यावसायिक बनाउने उद्देश्यले पर्वतको महाशिला गाउँपालिकाले यान्त्रिक हलो (मिनी पावर टिलर) वितरण गरेको छ ।

थोरै समयमा धेरै खेतबारी जोत्न सकिने, गोरु पाल्न झन्झट नहुने र कम लागतमा खेती गर्न लगाउन पाइने भएकाले कृषकको मागअनुसार गाउँपालिकाले यान्त्रिक हलो वितरण गरेको हो । गाउँपालिकाका ६ वटै वडाका कृषक समूहलाई मागका आधारमा यान्त्रिक हलो वितरण गरिएको महाशिला गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिनुभयो ।

पहिलो चरणमा एउटा  समूहलाई एउटा यान्त्रिक हलो वितरण गरिएको छ । “आगामी आर्थिक वर्षमा मागअनुसार यान्त्रिक हलो वितरण गरिनेछ,” उहाँले भन्नुभयो । कूल रु ५४ हजार मूल्य पर्ने यान्त्रिक हलो गाउँपालिकाले ६० प्रतिशत अनुदानमा वितरण गरेको हो ।

जलजला, मोदी कुश्मा, फलेवास, विहादी र पैँयुले समेत कृषकलाई यान्त्रिक हलो वितरण गरिसकेका छन् । यसअघि जिल्ला कृषि विकास कार्यालयले करीब ३०० वटा यान्त्रिक हलो वितरण गरेको थियो ।

डिजेल वा पेट्रोलबाट चल्ने तथा कम जनशक्ति भए पनि पुग्ने भएकाले यसतर्फ कृषकको आकर्षण बढेको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com