दर्पण पोस्ट -१४ असार , म्यादी । कालीगण्डकी नदीमा जिप खस्दा दुई जना कालीगण्डकी नदीमा बेपत्ता भएका छन् प्रहरीले बताए अनुसार
बेनी–जोमसोम सडकअन्तर्गत रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङमा आज अपराह्न कालीगण्डकी नदीमा जीप खस्दा दुई जना बेपत्ता भएका छन।
अन्नपूर्ण गाउँपालिका–७ घराम्दीदेखि बेनी आउँदै गरेको लु २ च २४५४ नंको जीप तिप्ल्याङ खण्डको सडकबाट करिब ३० फिट तल कालीगण्डकीमा खसेको प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढा मगरले जानकारी दिनुभयो ।
अन्नपूर्ण–७ का वडाध्यक्ष गमबहादुर फगामीका अनुसार उक्त जीपमा चालक बेनपा–९ का अन्दाजी ३२ वर्षीय रवि खड्का र घराम्दीकी २० वर्षीया सविता नेपाली सवार थिए । कालीगण्डकीका बीचमा अड्किएको जीप, चालक र यात्रुको उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी घटनास्थलमा पुगेको प्रनाउ मगरले बताउनुभयो । अहिले उद्दारको काम चलिरहेको खवर प्राप्त भएको छ ।