About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
आईजीपी खनालले भने – सुनकाण्डबारे केही बोल्दिन

Darpanpost बिहिबार, आषाढ १४, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

१४ असार, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले साढे ३८ क्वीन्टल सुन तस्करीका विषयमा भइरहेको अनुसन्धानबारे आफूले केही नबोल्ने बताएका छन् । प्रहरी प्रधान कार्यालयमा बिहीबार पत्रकार सम्मेलन गरेका उनले सुन काण्डबारे अनुसन्धान गर्न गृह मन्त्रालयले छुट्टै समिति गठन गरेकाले आफूले यसबारे टिप्पणी नगर्ने बताएका हुन् ।

सुनकाण्डमा प्रहरी कर्मचारीहरुसमेत अनुसन्धानमा तानिएकाले आफ्नो चासो रहेको भन्दै यस विषयमा गृह मन्त्रालयले गठन गरेको समितिले अनुसन्धान गरिरहेको खनालले बताए । उनले अपराधीकरण भने निर्मुल हुनुपर्ने धारणा राखे ।

खनालले प्रस्तुत गरेको आफ्नो प्रगति विवरणमा जिल्ला प्रहरी कार्यालय मोरङले सुनकाण्डबारे अनुसन्धान गरी मुद्दा दर्ता गरेको पनि उल्लेख गरिएको थियो ।

आईजीपी खनालले आफ्नो कामलाई तीन तहमा विभाजन गर्दै शान्ति सुरक्षा र अपराध अनुसन्धान पहिलो प्राथमिकतामा राखेका छन् । त्यस्तै प्रहरी संगठनलाई पनि संघीयता अनुसार रुपान्तरण गर्न कानुन निर्माण र विशेष प्रहरी कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको जानकारी दिए ।

विशेष प्रहरी कार्यक्रममा लागू औषध नियन्त्रण र मानव बेचबिखनविरुद्ध अभियानलगायत रहेका छन् ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com