About Contact
१६ मंसिर २०८०, शनिबार
Close
बिज्ञापन
बागलुङमा पहिरो खस्दा एकै परिवारका ३ जनाको मृत्यु

Darpanpost मंगलबार, आषाढ १२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

१२ असार,  ।बागलुङमा पहिरोले घर पुर्दा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । गएराति परेको अविरल वर्षापछि जिल्लाको बरेङ गाउँपालिका–१, लुरु भन्ने स्थानमा पहिरो जाँदा एकै परिवारका ३ जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रमुख डीएसपी दीपक रेग्मीले पहिरोमा पुरिएर विष्णुबहादुर क्षेत्री, विष्णुकुमारी क्षेत्री र सोनिया क्षेत्रीको मृत्यु भएको जानकारी दिए ।

हिराेले नजिकैको अर्को घरमा पनि सामान्य क्षति पुगेको छ । तर मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

बागलुङमा गएराति परेको अविरल वर्षाले अन्य स्थानहरुमा पनि क्षति पुर्याएको विवरण आइरहेको प्रहरी प्रमुख रेग्मीले जानकारी दिए ।  घर भत्किएका, पहिरो खसेका लगायतका क्षतिका खबर आए पनि अन्यत्र भने मानवीय क्षति नभएको उनको भनाइ छ ।

गत वर्ष साउन महिनामा बागलुङकै निशी खोलामा पहिरो जाँदा एकै परिवारका ४ सहित ६ जनाको मृत्यु भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
महिला चलचित्रकर्मीहरुको विकासका लागि राज्यले सहयोग गर्छः मन्त्री शर्मा
आमाको खुट्टा मुनि स्वर्ग रहेको : मौलाना मशहूद

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com