About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
अहिलेसम्मकै खराब नतिजा एसईईको ।

Darpanpost आइतबार, आषाढ १०, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

दर्पण पोस्ट \ १० असार, काठमाडौ ।  ०७४ को माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा सार्वजनिक भएको छ । एसइईमा २५ विद्यार्थीले सबैभन्दा माथिल्लो जिपिए ४.० ल्याएका छन् । आठवटै विषयमा ९० भन्दा माथि १०० सम्म ल्याउने विद्यार्थीले मात्र जिपिए ४ पाउँछन् । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।

यस वर्ष साधारणधारतर्फ नियमित चार लाख ५१ हजार पाँच सय ३२ र एक्जाम्टेडतर्फ २५ हजार एक सय ३२ परीक्षामा सहभागी थिए । त्यसैगरी प्राविधिकतर्फ नियमितमा आठ हजार नौ सय ६ र एक्जाम्टेडतर्फ १० जना सहभागी भएका थिए ।

माथिल्लो कक्षाका लागि भर्ना पाउन कठिन हुने विद्यार्थी संख्या झन्डै दुई लाख छ । नियमिततर्फ कुल चार लाख ५१ हजार पाँच सय ३२ रहेकामा जिपिए २.० भन्दा कम ल्याउने विद्यार्थी एक लाख ९५ हजार तीन सय १५ छन् । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले झन्डै ४५ प्रतिशतको शैक्षिक स्तर कमजार रहेको र सुधार गर्नुपर्ने अवस्था रहेको बताए ।

नियमिततर्फ सबैभन्दा माथिल्लो जिपिए ३.६५ देखि ४ ल्याउने १४ हजार दुई सय ३४ जना छन् । जसमध्ये आठ हजार ७३ छात्र र ६ एक सय ६१ छात्रा छन् । अघिल्लो वर्ष नियमिततर्फ चार लाख ४५ हजार पा“च सय ६४ सहभागी भएकामा सबैभन्दा माथिल्लो जिपिए ३.६५ देखि ४.० सम्म ल्याउनेको संख्या १२ हजार दुई सय ८४ थियो ।

यसैगरी प्राबिधिक धारमा ५ सय ३८ ले सबैभन्दा माथिको जिपिए ३.६५ देखि ४ ल्याएकामा छात्र तीन सय ४५ र छात्रा एक सय ९३ छन् । साधारण र प्राबिधिक तर्फका एक्जाम्टेड विद्यार्थी कसैले पनि जिपिए ३.६५ ल्याएका छैनन् ।

सि ग्रेड भन्दा तलकोलाई ग्रेड बृद्धिको मौका

यस वर्षको परीक्षामा सैद्धान्तिक विषयतर्फ सि, डि प्लस, डि र इ प्राप्त गर्ने विद्यार्थीले सबै विषयमा ग्रेडबृद्धि गर्न पाउने भएका छन् । ती विषयमध्ये विद्यार्थीले चाहेका विषयमा र मुल परीक्षामा दुई विषयसम्म अनुपस्थित भएको वा दुई विषयसम्म ग्रेड नखुलेका विषयमा ग्रेडबृद्धि परीक्षा दिन पाउनेछन् । परीक्षा नियन्त्रण कार्यालयले ग्रेडबृद्धिको परीक्षा २३ साउनमा गर्ने भएको छ ।

यसरी गरिएको छ ग्रेड निर्धारण

प्राप्तांकको बर्गान्तर ग्रेड ग्रेड पोइन्ट

९० र त्यसभन्दा माथि ए प्लस ४.०
८० र त्यसभन्दा माथि ९० भन्दा कम ए ३.६
७० र त्यसभन्दा माथि ८० भन्दा कम बी प्लस ३.२
६० र त्यसभन्दा माथि ७० भन्दा कम बी २.८
५० र त्यसभन्दा माथि ६० भन्दा कम सी प्लस २.४
४० र त्यसभन्दा माथि ५० भन्दा कम सी २.०
३० र त्यसभन्दा माथि ४० भन्दा कम डी प्लस १.६
२० र त्यसभन्दा माथि ३० भन्दा कम डी १.२
२० भन्दा कम ई ०.८

१३ हजार ड्रप आउट

साधारण र प्राबिधिक विषयमा नियमित र एक्जाम्टेडतर्फ एसइइको परीक्षा आबेदन फारम कुल चार लाख ८५ लाख ५ सय ८६ले भरेका थिए । तर, २१ हजार ८ सय ९७ विद्यार्थी अनुपस्थित भए । साधारणतर्फ नियमितका कुल १३ हजार ९०, एक्जाम्टेडतर्फ आठ हजार ६ सय ५७ ड्रप आउट भएका छन् । प्राबिधिकतर्फ नियमितका एक सय ४४ र एक्जाम्टेडका छ जना ड्रप आउट भए ।

११ जनाको रद्ध, ७४ कम उमेर

यस वर्षको एसइइमा ११ जनाको उत्तरपुस्तिका रद्ध भएको छ । ७४ जना कम उमेरका रहेको पनिकाले जनाएको छ । एक हजार ५० जनाको प्रयोगात्मक परीक्षा छुटेको भएको छ ।

। ०७४ को माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा सार्वजनिक भएको छ । एसइईमा २५ विद्यार्थीले सबैभन्दा माथिल्लो जिपिए ४.० ल्याएका छन् । आठवटै विषयमा ९० भन्दा माथि १०० सम्म ल्याउने विद्यार्थीले मात्र जिपिए ४ पाउँछन् । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।

यस वर्ष साधारणधारतर्फ नियमित चार लाख ५१ हजार पाँच सय ३२ र एक्जाम्टेडतर्फ २५ हजार एक सय ३२ परीक्षामा सहभागी थिए । त्यसैगरी प्राविधिकतर्फ नियमितमा आठ हजार नौ सय ६ र एक्जाम्टेडतर्फ १० जना सहभागी भएका थिए ।

माथिल्लो कक्षाका लागि भर्ना पाउन कठिन हुने विद्यार्थी संख्या झन्डै दुई लाख छ । नियमिततर्फ कुल चार लाख ५१ हजार पाँच सय ३२ रहेकामा जिपिए २.० भन्दा कम ल्याउने विद्यार्थी एक लाख ९५ हजार तीन सय १५ छन् । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले झन्डै ४५ प्रतिशतको शैक्षिक स्तर कमजार रहेको र सुधार गर्नुपर्ने अवस्था रहेको बताए ।

नियमिततर्फ सबैभन्दा माथिल्लो जिपिए ३.६५ देखि ४ ल्याउने १४ हजार दुई सय ३४ जना छन् । जसमध्ये आठ हजार ७३ छात्र र ६ एक सय ६१ छात्रा छन् । अघिल्लो वर्ष नियमिततर्फ चार लाख ४५ हजार पा“च सय ६४ सहभागी भएकामा सबैभन्दा माथिल्लो जिपिए ३.६५ देखि ४.० सम्म ल्याउनेको संख्या १२ हजार दुई सय ८४ थियो ।

यसैगरी प्राबिधिक धारमा ५ सय ३८ ले सबैभन्दा माथिको जिपिए ३.६५ देखि ४ ल्याएकामा छात्र तीन सय ४५ र छात्रा एक सय ९३ छन् । साधारण र प्राबिधिक तर्फका एक्जाम्टेड विद्यार्थी कसैले पनि जिपिए ३.६५ ल्याएका छैनन् ।

सि ग्रेड भन्दा तलकोलाई ग्रेड बृद्धिको मौका

यस वर्षको परीक्षामा सैद्धान्तिक विषयतर्फ सि, डि प्लस, डि र इ प्राप्त गर्ने विद्यार्थीले सबै विषयमा ग्रेडबृद्धि गर्न पाउने भएका छन् । ती विषयमध्ये विद्यार्थीले चाहेका विषयमा र मुल परीक्षामा दुई विषयसम्म अनुपस्थित भएको वा दुई विषयसम्म ग्रेड नखुलेका विषयमा ग्रेडबृद्धि परीक्षा दिन पाउनेछन् । परीक्षा नियन्त्रण कार्यालयले ग्रेडबृद्धिको परीक्षा २३ साउनमा गर्ने भएको छ ।

यसरी गरिएको छ ग्रेड निर्धारण

प्राप्तांकको बर्गान्तर ग्रेड ग्रेड पोइन्ट

९० र त्यसभन्दा माथि ए प्लस ४.०
८० र त्यसभन्दा माथि ९० भन्दा कम ए ३.६
७० र त्यसभन्दा माथि ८० भन्दा कम बी प्लस ३.२
६० र त्यसभन्दा माथि ७० भन्दा कम बी २.८
५० र त्यसभन्दा माथि ६० भन्दा कम सी प्लस २.४
४० र त्यसभन्दा माथि ५० भन्दा कम सी २.०
३० र त्यसभन्दा माथि ४० भन्दा कम डी प्लस १.६
२० र त्यसभन्दा माथि ३० भन्दा कम डी १.२
२० भन्दा कम ई ०.८

१३ हजार ड्रप आउट

साधारण र प्राबिधिक विषयमा नियमित र एक्जाम्टेडतर्फ एसइइको परीक्षा आबेदन फारम कुल चार लाख ८५ लाख ५ सय ८६ले भरेका थिए । तर, २१ हजार ८ सय ९७ विद्यार्थी अनुपस्थित भए । साधारणतर्फ नियमितका कुल १३ हजार ९०, एक्जाम्टेडतर्फ आठ हजार ६ सय ५७ ड्रप आउट भएका छन् । प्राबिधिकतर्फ नियमितका एक सय ४४ र एक्जाम्टेडका छ जना ड्रप आउट भए ।

११ जनाको रद्ध, ७४ कम उमेर

यस वर्षको एसइइमा ११ जनाको उत्तरपुस्तिका रद्ध भएको छ । ७४ जना कम उमेरका रहेको पनिकाले जनाएको छ । एक हजार ५० जनाको प्रयोगात्मक परीक्षा छुटेको भएको छ ।

यो अनलाइन खबर बाट लिएको समाचार हो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com