About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
एसईई को नतिजा आज ४ बजेपछि सार्वजनिक हुने ।

Darpanpost शनिबार, आषाढ ०९, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

दर्पण पोस्ट / ९ असार, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले गत चैत महिनामा सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ ।

त्यसका लागि परीक्षा नियन्त्रण कार्यालयले शनिबार दिउँसो ३ बजे बोर्ड बैठक बोलाएको छ ।  परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले ३ बजे बोर्ड बैठक बस्ने र त्यसपछि ४ बजे पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक गर्ने तयारी भइरहेकाे जानकारी दिए । ‘एसईई परीक्षाको नतिजा आज प्रकाशित गर्ने तयारी हामीले गरेका छौं’, रेग्मीले अनलाइनखबरसँग भने, ‘त्यसका लागि ४ बजे पत्रकार सम्मेलन आयोजना गरेका छौं ।’

चैत ८ गतेबाट सञ्चालित यस वर्षको एसईई परीक्षामा ४ लाख ८५ हजार ५ सय ८६ जना विद्यार्थी सहभागी थिए ।

केन्द्रले परीक्षा लिने र नतिजा प्रकाशित गर्ने यो अन्तिम पटक हो । किनभने सरकारले कक्षा १० सम्मको परीक्षा सञ्चालनको जिम्मा प्रदेश तहलाई दिइसकेको छ ।

अनलाइन खवर बाट

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com