About Contact
१७ मंसिर २०७९, शनिबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

नवलपुरमा लागु औषध बिरुद्ध साप्ताहा व्यापी कार्यक्रम ।।

Darpanpost शुक्रबार, आषाढ ०८, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

असार ८, नवलपुर ।।
लागु औषध दुरपयोग तथा ओसार पसार बिरुद्धको अन्तराष्ट्रिय दिवस अन्तर्गतको साप्ताहा व्यापी कार्यक्रम अनुसार नवलपुरमा आज तेस्रो दिन विभिन्न कार्यक्रम गरि मनाईएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पुर्व) , सामुदायीक प्रहरी सेवा केन्द्र तथा स्थानिय संघ संस्था र नागरीकको संयुक्त सहभागितामा जिल्लाका विभिन्न स्थानका जनचेतना मुलक लगाएतका कार्यक्रमहरु सञ्चालन गर्दै आएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो ।
यसैविच आज लागु औषध सहीत नवलपुरको गैडाकोटमा एकजना पक्राउ परेका छन । गैडाकोट न.पा. वडा नं. ७ बस्ने २४ वर्षीय सुजन बि.क. ले लागु औषध बिक्रि वितरण गर्दै आई रहेको छ भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय गैडाकोट नवलपरासीको टोलीले विकको घरमा खान तलासी गर्ने क्रममा लागु औषध सेरीजेक ५० एम्पुल,फेनारगन ४० एम्पुल,नुर्फिन ४३ एम्पुल गरी जम्मा १३३ एम्पुल र लागु औषधका फुटेका केही टुक्राहरु समेत फेला पारेको जनाएको छ ।
उक्त लागु औषध बरामद गरी थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बिहानी सामाजिक महिला कृषि सहकारीले मनायो ८औं साधरण सभा सम्पन्न ।
आईसीसी पुरुष विश्वकप अफ्रिका क्वालिफायरको ५ औँ खेलमा नाईजेरिया विजयी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com