About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
बालविवाह न्यनिकरणका लागि कावासोतीमा अभिमुखीकरण

Darpanpost बिहिबार, आषाढ ०७, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

ज्ञानु पंगेनी
नवलपरासी , ७ असार। कावासोती नगरपालिकालाई बालमैत्री नगरपालिका बनाउने उदेश्य सहित बालविवाह न्यनिकरण सम्बन्धि एकदिने अभिमुखीकरण कार्यक्रम आज कावासोतीमा भएको छ ।
नगरपालिकाभित्र रहेका बालक्लबकका प्रतिनिधी तथा महिला संजाका प्रतिनिधीहरुका लागि अभिमुखीकरण गरिएको हो । बालविवाह भनेको के हो ? बालविवाहबाट हुने समस्या तथा बालविवाह सम्बन्धि ऐन कानुन कस्ता छन ? भन्ने वारेमा कार्यक्रममा सहजीकरण गरिएको थियो ।


बालविवाहका वारेमा सहजीकरण गर्दै कावासोती नगरपालिकाका नगरशिक्षा अधिकृत कृष्णचन्द्र पोख्रेलले नेपालमा अझैपनि ४१ प्रतिशत बालिका र ११ प्रतिशत बालकको बालविवाह हुने गरेको बताएका थिए । १८ वर्ष उमेरसम्म बालबालिका भए पनि २० वर्षभन्दा पहिले गरिने विवाह बालविवाह भएकाले २० वर्षपछि मात्रै विवाह गर्नुपर्ने बताएका थिए । बालविवाह गराउने अभिभावकदेखि लमी र सहभागि बन्नेलाई समेत कानुनी सजाय हुने भएकाले कोहि कसैले पनि २० वर्षभन्दा पहिले आफ्ना छोराछोरीको विवाह गर्न गराउन नहुने उनले जानकारी दिए ।
यस्तै कावासोती नगरपालिकाकी बालपरामर्शदाता विना प्युठानीले बालविवाहबाट हुने समस्याका वारेमा जानकारी गराएकी थिईन । सानै उमेर विवाह गर्दा बालिकाहरुमा शारीरिक समस्या उत्पन्न हुने र बालकहरुमा पनि बोझ थपिदा मानसिक समस्या हुने हुदा बालविवाहलाई कोहि कसैले पनि प्रोत्साहन गर्न नहुने उनले बताईन । यस्तै पछिल्लो समय बालबालिकाहरुले आफ्नो खुसीले भागेर विवाह गर्नेक्रम बढेकाले यस समस्या रोक्न अभिभावकले बालबालिकाको मनोभावना बुझेर व्यवहार गर्नुपर्ने र उनीहरुको कृयाकलापका वारेमा ख्याल गर्नूपर्ने बताईन ।
यस्तै कावासोती नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्नका लागि विभिन्न ४५ वटा सुचक पुरा गर्नुपर्ने र जसमध्ये एउटा बालविवाह न्यनिकरण समेत रहेकाले स्वयम बालबालिकालाई नै यसका वारेमा जानकारी प्रदान गर्न कार्यक्रम आयोजना गरिएको प्युठानीले बताईन ।

कार्यक्रममा नगरपालिकाका १७ वटा वडाका बालक्लबका दुई÷दुईजना गरि ३४ जना र महिला संजालका गरि ४० जनाको सहभागिता रहेको थियो । कार्यक्रम कावासोती नगरपालिकाकी प्रमुख चन्द्रा कुमारी पुनको अध्यक्षतामा भएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com