About Contact
१८ जेठ २०८०, बिहिबार
Close
बिज्ञापन
नारायणगढ मुग्लिन सडकखण्डमा भिर माथिबाट खसेको ढुंगाले लागेर ट्रक चालकको मृत्यु ।

Darpanpost सोमबार, आषाढ ०४, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

दर्पण पोस्ट / ४ असारमा  चितवन ।नारायणगढ मुग्लिन सडकखण्डमा भिरबाट खसेको ढुंगाले लागेर ट्रक चालकको मृत्यु भएको छ । कालीखोलाको पुल नजिक आइतबार राति करिब साढे ९ बजे ढुंगा खसेर ग १ ख ८२२८ नम्बरको ट्रक थिचिएको थियो ।

सो घटनामा ट्रक चालक तनहुँको शुक्लागण्डकी नगरपालिकाका ३६ वर्षीय चालक कृष्ण ढुंगानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको  नारायणगढबाट मुग्लिनतर्फ जाँदै गर्दा ढुंगाले लागेर चालक घाइते भएका थिए । उनको उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।

नारायणगढ-मुग्लिन सडक बिस्तार भएपछि जाममा बस्नु नपरे पनि बेला बेलामा पहिरो झर्ने र ढुंगा खस्ने गरेको छ । यसबाट यात्रा जोखिमपूर्ण बनेको छ ।

यसैबीच चितवनको देवनगरमा ना २१ प ७१८४ नम्बरको मोटरसाइकल सडकमा अनियन्त्रित भई पल्टिँदा भरतपुर महानगरपालिका-१५ फूलबारीका विकास विकको मृत्यु भएको छ ।

आइतबार राति पौने १० बजे भएको दुर्घटनामा मोटरसाइकल चालक विक गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा राति करिब पौने ११ बजेतिर भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अनलाइन खबर बाट लिएको समाचार

सम्बन्धित

ताजा अपडेट
ग्रामिण पत्रकार समूह बराहक्षेत्रको कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा कार्की
बिजय नगरमा साइकल बितरण

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com