About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
असार महिनाको राशीफल

Darpanpost शनिबार, आषाढ ०२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

असार

मेष – यो महिनामा धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । लाभदायिक यात्रा हुनुका साथै ,स्थानपरिवर्तनको योग रहेकोछ । दुर्जनहरुको संगतहुने हुँदा होसियारी हुनुहोला शिक्षामा प्रगति तथा रोजगारीको अवसरमिल्नेछ । स्वास्थ्यमा समस्याहु्नेछ कला साहित्य तथा संगितको क्षेत्रमा भने उत्तम रहेकोछ । शुभ अकं ,७, हरियो रगं ,पुर्वदिशा शुभ ॐ नारायणाय नम ः मन्त्र जप गर्दा अर्थिक प्रगति हुनेछ भने फलफुल दान गर्दा राम्रो हुनेछ ।

बृष — उद्योग तथा व्यापारिका लागी यो महिनामा ठुला ठुला लगाी हुनेछ ,दाजुभाइबाट सहयोग मिल्नेछ भने बैदेशिक कार्यको लागी आकस्मिक यात्रा हुनेछ , राजनितीक कुराकानीगर्न मन पर्ने , जग्गा जमिन तथा सवारी किन्ने योग रहेको छ । सवारी साधनबाट चोटपटक लाग्न सक्छ बिचार पुराएर यात्रा तथा काम गर्नुमा उचित हुनेछ । शुभ अकं २, सेतो रगं दक्षिण दिशा शुभ ॐ रुद्ररुपाय नम ः मन्त्र जप गर्दा शुभ तथा पंहेलो अन्न दान गर्दा राम्रो हुनेछ ।

मिथुन — पारिवारिक चिन्ताको कारण आम्दानिमा मन्दी हुनेछ । शैक्षिक क्षेत्रमा प्रगति तथा व्यापारमा लाभमिल्ने योग रहेकोछ । शेयरकारोवारबाट फाइदा मिल्ने तथा भविष्यको चिन्ताले सताउनेछ । सन्तानको कारण सामाजिक क्षेत्रमा मान हानि हुनेछ । प्रेमप्रसंगमा भने खसै राम्रो रहेकोछैन । साथीभाईहरु संग भने होसियारी हुनुहोला । शुभ अकं ,७ रगं सेतो , पश्चिम शुभदिशा ॐ ऐश्वर्याय नमः मन्त्र जप तथा रातो रगं दान गर्दा शुभ हुनेछ ।

कर्कट — आर्थिक संकटको सामना गर्नुपर्ला , व्यापारमा लाभमिल्ने छ भने ,सामाजिक कलह आउन सक्छ । काम गर्ने अवसर आएता पनि समय दिन पाइने छैन ,जीवनमा उतारचढाव आउने छ ,पेट तथा आखाँमा समस्या हुनसक्छ ,मिलीजुली कार्य गर्नु होला साथीहरुको बिश्वासमा धोका हुन सक्छ । यो महिनाका लागी शुभ अकं ४ शुभ रंग सेतो पश्चिम दिशा शुभ ॐ क्लीं ॐ मन्त्र जप गर्दा शुभ तथा बुट्टे बस्त्र दान गर्दा राम्रो हुनेछ ।

सिंह – बिनाकारण मनमा असान्ती तथा चञ्चलता आउन सक्छ , परिवारकोलागी धेरैसमय दिनपाइने छैन् । व्यापारमा लाभमिल्नेछ भने शैक्षिकक्षेत्रमा अवरोध आउने छ, वैदेशिक यात्राको समय आएको छ । जागिरमा भने बिवाद आउन सक्छ । मांगलिक कार्यमा सहभागी हुने अवसर मिल्न सक्छ । यो महिनाका लागी शुभ अकं ५ र शुभ रगं रातो पुर्वदिशा शुभरहेकोछ । ॐ शशिशेखराय नम ः मन्त्र जप तथा कालो वस्तु दान गर्दा शुभ हुनेछ ।

कन्या – नयाँकामको सु्रुवात हुने छ ,जिम्मेवारीमा गरेको काममा समस्या आउन सक्छ । ,शैक्षिकक्षेत्र अवरोध भएता पनि संदेशमुलक कार्यमा सहभागी हुनुपर्ला , दाम्पत्यजिवनमा मनमुटाव आउनेछ भने शारिरीक कष्टहुने सम्भावना प्रवल देखिन्छ । साथीभाईको कामले गर्दा परिवारमा बिवाद आउन सक्छ । , स्वास्थ्यमा समस्या एवं आकस्मीक बैदेशिक यात्रा हुनेछ । शुभअकं २, सेतो रगं दक्षिण दिशा शुभ ॐ शिवाय नम ः मन्त्र जप तथा निलोबस्त्र दान गर्दा शुभहुनेछ ।

तुला — पे्रम प्रस्ताव आउन सक्छ । लेनदेनका कारोवारमा घाटा हुने हुँदा पारिवारीक राय सल्लाहमा कार्य गर्नु होला पठनपाठनको लागी समय उत्तम रहेकोछ । मित्र तथा आफ्न्तीहरुको कारण जरिवाना तिर्नुपर्ने अवस्था आउन सक्छ । पेट समस्याले गर्दा खर्चमा तिव्रता आउने देखिन्छ । यो महिनाको लागी शुभ अकं १, हल्का पंहेलो रगं , पश्चिम दिशा शुभ ॐ त्रं ,त्रं,त्रं मन्त्र जप गर्दा राम्रो एवं हरियो वस्तुदान गर्दा राम्रो हुनेछ ।

बृश्चिक – रोगव्याधीले सताउने छ , शैक्षिकपक्षमा सुधार भएता पनि ध्यान भने जाने छैन् । आर्थिकस्तर माथी हुनेछ । सन्तान तथा परिवारमा मेलमिलाप हुनुका साथै बेला बेलामा शत्रुले समस्या ल्याउनेछन् ,मनमा अनावश्यक चिन्ता आउने छ । स्वास्थ्यमा केहि समस्या आउन सक्छ । बैदेशिक काम को लागी धेरै धौडधुप गर्नु पर्ला यो महिनाको लागी अकं ६, शुभ रगं हरियो दक्षिण दिशा शुभ ॐ विष्णुवल्लभाय नमः मन्त्र जप गर्दा शुभ तथा बुट्टे बस्त्र दान गर्दा राम्रो हुनेछ ।

धनु – स्वास्थ्यमा केहि समस्या आउन सक्छ । भोजभतेरमा सहभागी हुनुकासाथै विनाकारण शत्रुहरु लाग्ने छन् , बोलिको प्रभाव हु्नुका साथै शैक्षिकक्षेत्रमा अवरोध एवं रमाइलो यात्रा हुन सक्छ , आर्थिक प्रगतिको समय आएकोछ । सन्तानसुखको लागी धेरै परिश्रम गर्नु पर्नेछ । यो महिनाको लागी शुभ अकं ३ रातो रगं ,पुर्वदिशा शुभ ॐ भैरवाय नमः मन्त्र जप तथा कुकुरलाई भोजन गराउदा राम्रो हुनेछ ।

मकर – राज्यस्तरबाट मानसम्मान हुने हुँदा होसियारीका साथ कार्यहरु गर्नुहोला , दाजुभाइबाट विरोध एवं बिरोध धेरै आउन सक्छ । साना तिना कुराको कारण दाम्पत्यजिवनमा उतार चढाव आउनेछ । समाजमा कुराकाटनेहरु धेरै हुनेछन्। प्रेम प्रस्तावका अवसर तथा पुनर्मिलनको योग रहेको छ , दाजुभाइहरुको काम गर्नुपर्नेछ तर जश मिल्ने छैन ्। शुभ अकं ७, कालो रगं , पश्चिम ,दिशा शुभ ॐ गिरीशाय नमः मन्त्र जप तथा अशक्तहरुलाइ भोजन गराउदा राम्रो हुनेछ ।

कुम्भ — व्यापार व्यवसायमा हुने नोक्सानीको कारण निराशा एवं उदासीनता बढेर जान सक्ने छ ,जिम्मेवारीका कामहरु आउने छन् शैेक्षिकस्तरमा प्रगतिहुने छ । फेसन तथामनोरञ्जनमा खर्च हुनुका साथै ,सावारीसाधनबाट होसियार हुनुहोला , यात्रामा केहि कठिनाईहरु आउने छ भने , बेला बेलामा स्वास्थ्यमा समस्या आउन सक्छ । शुभ अकं ३ ,गुलाबी रगं पश्चिम दिशा शुभ ॐ माधवाय नम ः मन्त्र जप , मिष्ठान्न वस्तु दान गर्दा शुभ हुनेछ ।

मिन — आत्मबल कमजोर हुने परिस्थिती आउला , सन्तानको प्रगतिको कारण समाजमा इज्जत बढेर जानेछ । नयाँकामको सु्रुवात हुने छ । साथीभाईहरुबाट साहयोग मिल्ने छ अनाबश्यक झै—भमेला आइपर्नेछ , व्यापार ,व्यवसाय,नोकरीबाट सफलता तथा स्वास्थ्यमा भने क्रमिक सुधार आउने छ । सवारी साधनबाट भने होसियार हुनुहोला , संगित तथा कलासाहित्यको क्षेत्रमा भने प्रगति हुनेछ । शुभ अकं २, कालो रगं , दक्षिण दिशा शुभरहेको छ । ॐ ह्रीं ॐ मन्त्र जप गर्दा शुभ तथा कालो बस्त्र दान गर्दा प्रगति हुनेछ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com