About Contact
१० आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
आफैंले पालेको साँढेले हानेर गैंडाकोटमा एक जनाको मृत्यु

Darpanpost बिहिबार, जेठ ३१, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

३१ जेठ, चितवन । साढेले हानेर नवलपुरको गैंडाकोटमा १ व्यक्तिको मृत्यु भएको छ भने अर्का १ जना घाइते भएका छन् ।

गैंडाकोट नगरपालिका–८ का दिवाकर पौडेलको आफैंले पालेको साँढेले हानेर मृत्यु भएको हो ।

आफ्नो सम्राट गाई फर्ममा काम गर्ने दिनेश पाण्डेलाई साँढेले हानेपछि पौडेल बचाउन गएका थिए । तर साँढे उल्टै उनीमाथि जाइलाग्यो र उनी गम्भीर घाइते भए ।

साँढेको आक्रमणबाट गम्भीर घाइते पौडेललाई चितवन मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

०३३ सालमा बागलुङबाट गैंडाकोट आएका पौडेलले उतिबेलै देखि कृषि कर्म शुरु गरेका थिए । नेपाल अबुर्द रोग निवारण संस्था चितवन जिल्ला शाखाका सह–सचिब समेत रहेका पौडेल विभिन्न सामाजिक संघ–संस्थामा आबद्ध थिए । उनी स्थानीय राजनीतिक नेताका रुपमा समेत परिचित थिए ।

घाइते पाण्डेको भने उपचार भइरहेको छ ।

सम्बन्धित

ताजा अपडेट
लुट कान्छा लुट भत्ताको नाममा रामग्राममै छ छुट ।
राहत शिक्षकहरुले काठमाडौंमा बिरोध प्रदर्शन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com