मेष – स्वास्थ्यमा सुधारको साथै आर्थिक चिन्ताको समाधान हुनेछ , पारिवारिक बिवादको कारण भने मनमा चोटपुग्ने देखिन्छ । बैदेशिक कामको लागी भने खासै उपयुक्त समय छैन् । शुभ अकं १ पंहेलो रगं पश्चिम दिशा शुभ रहेकोछ ।
बृष– मनमा जोशजागर आउनेछ , रोकिएका कामहरु बन्नेछन् , शिक्षाको लागी भने समय कमि हुनेछ , सवारी साधनबाट होसियार हुनुहोला , दाजुभाईको सहयोगले आर्थिक समस्या समाधन हुनेछ । शुभ अकं ८ रातो रगं दक्षिण दिशा शुभ रहेकोछ ।
मिथुन – साेंचे अनुसारको काम बन्न समय लाग्ने हुँदा दिक्क लाग्न सक्छ । आर्थिक पिरचिन्ता एथावत नै रहनेछ । नयाँ साथीभाईको संगत हुने तथा सामाजिक काममा अपमान हुनेछ । शुभ अकं ५ हरियो रगं उत्तर दिशा शुभ रहेकोछ ।
कर्कट – शत्रुमाथी बिजय प्राप्त हुनेछ । यात्रा रमाईलो तथा अनुसन्धनात्मक हुनुका साथै स्वास्थ्यमा भने समस्या आउन सक्छ । परिश्रम धेरै गरेर मात्र व्यापारमा सफल्ता मिल्नेछ । शुभ अकं ८ रातो रगं पश्चिम दिशा शुभ रहेको छ ।
सिंह – अन्तरमुखी बानीको कारण साथीभाई टाढा हुनेछन् । स्वास्थ्यमा केहि हानी हुनेछ । पढाइ तथा नोकरीमा सन्तुष्ट मिल्ने छ । यात्रामा केहि कठिनाईहरु हुनेछन् । धार्मिक तिर मन लगाउँदा राम्रो हुनेछ । शुभ अकं ५ निलो रगं दक्षिण दिशा शुभ हुनेछ ।
कन्या – समय उत्तम रहेकोछ , कार्यमा सफल्ता मिल्नेछ , आर्थिक प्रगति तथा पे्रम प्रसंग बन्नेछ , यात्रा रमाईलो तथा मानसम्मानमा चोट पुग्न सक्छ । शुभ अकं ३ हरियो रगं पश्चिम दिशा शुभ रहेकोछ ।
तुला – सन्तानको कारण केहि बिवादमा परिनेछ भने मनमा शंका तथा गलत बिचारको कारण साथीभाई संग बिवाद आउन सक्छ । आर्थिक पक्षमा केहि सुधार भएता पनि खर्चको मात्रा बढेर जानेछ । शुभ अकं ८ सेतो रगं पश्चिम दिशा शुभ हुनेछ ।
बृश्चिक – धेरै दौडधुपका कामहरु हुनेछन् । साथीभाईले रिश गर्नुका साथै खर्चमा तिव्रता हुनेछ । झै–झगडामा परिने हुँदा होसियारीका साथ कामहरु गर्नुहोला , शुभ अकं २ सेतो रगं पुर्व दिशा शुभ रहेकोछ ।
धनु – भाग्यको उदय हुने समय आएको छ । घरपरिवारमा रमाईलो गर्ने अवसर मिल्नेछ । संघसंस्थाको कामकाजमा व्यस्त तथा प्रेमप्रसंंग असफल हुनेछ , कुराकाट्ने व्यक्तिहरु सक्रिय हुनेछन् । शुभ अकं ७ कालो रगं पश्चिम दिशा शुभ रहेकोछ ।
मकर – कामकाजले अरुको मन जित्न सकिन्छ । रिश नियन्त्रण गर्न नसक्दा परिवारमा बिवाद आउन सक्छ , सन्तानको मायाले मनमा आनन्द आउनेछ । यात्रामा भने कष्ट उत्पन्न हुनेछ । शुभ अकं ९ पंहेलो रगं पश्चिम दिशा शुभ रहेकोछ ।
कुम्भ – बोलि बचनको कारण साथीभाई संग बिवाद आउन सक्छ , पेटको समस्याले दिन भरि तनाव तथा बिनाकारण जागिरमा दुःख दिनेछन् । व्यापार तथा कृषिमा भने उत्तम रहेकोछ । शुभ अकं ९ पंहेलो रगं , उत्तर दिशा शुभ रहेकोछ ।
मिन – स्वास्थ्यमा सुधार तथा परिवारमा मेलमिलाप हुनेछ । आर्थिक चिन्ताको समाधान तथा यात्रा रमाईलो हुनेछ । विशिष्ट व्यक्तिहरुको संग भेट तथा नयाँ योजनाहरु बन्नेछन् । शुभ अकं ३ पंहेलो रगं पुर्वदिशा शुभ रहेकोछ ।
ज्योतिषाचार्य प्रेम पराजुली
मो . ९८४१६५१३८९
शंखमुल नयाँ बानेश्वर