About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
गुल्मीमा शैक्षिक प्रमाण पत्र धितो राखेर युवालाई व्यावसायीक ऋण दिइएको छ

Darpanpost शनिबार, जेठ २६, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

गुल्मी जेठ २६ । गुल्मीमा शैक्षिक प्रमाण पत्र धितो राखेर युवालाई व्यावसायीक ऋण दिइएको छ । जिल्ला युवा समितिको कार्यालय गुल्मीले शनिवार एक कार्यक्रमको आयोजना गरेर जिल्लाका ३ वटा युवा समुहलाई प्रति समुह ५ लाखका दरले ऋण दिइएको हो ।ऋण पाउने समुहहरुमा इन्द्रेणी बहुउद्देश्यीय युवा कृषक समुह छत्रकोट गाउँपालिका १, सालिमे उन्नत पशुपालन तथा दुग्ध उत्पादन समुह मुसिकोट नगरपालिका ७ र उर्लेनी बहुउद्देश्यीय युवा कृषक समुह कालिगण्डकी गाउँपालिका ६ समुह रहेका छन् । कार्यक्रममा समहुका अध्यक्षलाई जिल्ला युवा समिति गुल्मीका अध्यक्ष र जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले चेक र व्यानर दिएर हस्तातरण गरेका थिए । बिना धितो रकम हस्तातरण गर्दै समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले सरकारको पैसा भनेर केहि नगरि अन्यात्रा खर्च गर्न नहुने बताए । युवाले केहि गर्नु पर्छ भनेर सरकारले त्यसको लागि व्यावसायीक ऋण दिएकाले सहि सदुपयोग गरेर अगाडी वढनु आग्रह गरे । उनले यस रकमबाट केहि गरेर पछी आफु आत्मा निर्भर बन्न सकिने हुँनाले सहि सदुपयोगमा जोड दिए ।कार्यक्रममा रेसुङ्गा नगरपालिका प्रमुख डिल्लीराज भुसाल, जिल्ला कृषि बिकास कार्यालय गुल्मीका बरिष्ठ कृषि बिकास अधिकृत चक्रपाणी पन्थी, नागरिक समाज अध्यक्ष पदम पाण्डे,मैत्री सहकारी संस्था गणेश बिश्वकर्माले राज्यबाट आएको पैसा मिनाहा हुन्छ भन्ने सोच मनमा भए त्यागेर केहि गर्ने उदेश्यले रकम लैजान आग्रह गरे । सरकारले बिना धितो दिएको ऋण तोकिएको समयमा कुनैपनि हालतमा फिर्ता गर्नु पर्ने भएकाले उदेश्य अनुरुप काम गरेर फाइदा लिन आग्रह गरेका थिए ।युवालाई केहि गर्ने उदेश्यले ५ वर्ष सम्म बिना जमानत ऋण दिइएको कार्यालयकी कम्प्युटर अपरेटर सञ्जीवनी अर्यालले जानकारी दिइन् । युवाहरुको लागि प्रस्ताव आब्हान गरिएको थियो । जस अन्तरगत प्राप्त व्यवसायीक प्रस्तावहरु मध्येवाट पाँच वटा छनौटमा परेको जिल्ला युवा समिति अध्यक्ष राजेन्द्र बिक्रम कुँवरले बताए । यो कार्यक्रमले युवाहरुको सीप, क्षमता, नेतृत्व एवं उद्यमशिलता विकासको उदेश्य बोकेको कार्यालयले जनाएको छ ।समितिले रोजगारीको खोजीमा दिनानुदिन विदेशीदै गरेका युवाहरुको क्षेत्रमा सिप मुलक तालिम, व्यवसायीक ऋण, सरकारी तथा गैरसरकारी निकायको सहयोग एवं अनुदान केन्द्रित गराई स्वदेशमै रोजगार तथा स्वरोजगार का अवसरहरु सिर्जना गर्ने उद्येश्य राखेको अध्यक्ष कुँवरले बताए । जिल्ला युवा समितिको गुल्मी १५ जना युवाहरुको लागि एक महिना सम्म जिप कार ड्राभिभ तालिम समेत सुरु गरेको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com