About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
डा.उपेन्द्र देवकोटाको स्वास्थ्यमा केही समस्या, निधनको हल्लाप्रति परिवारजनको आपत्ति

Darpanpost शनिबार, जेठ २६, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं, जेठ २६ । वरिष्ठ न्यूरो सर्जन डा.उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था थप बिग्रिएको छ ।

काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत देवकोटाको अवस्था गम्भीर बनेपछि सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ ।

उनको स्वस्थ्यमा केही सुधार भए पनि अवस्था सन्तोसजनक छैन । तर सामाजिक संजालमा निधनको खबर सार्बजनिक भएपछि परिवारजनले चिन्ता ब्यक्त गरेका छन् ।

तर शुक्रबार रातिदेखि डा.देवकोटाको निधन भएको भन्ने झुण्ठो खबर सामाजिक सञ्जालमा फैलिएको थियो ।

त्यसप्रति डा. देवकोटाको परिवारले गम्भीर आपत्ति जनाएको छ ।

पित्त थैलीको क्यान्सरबाट पीडित देवकोटा गत वैशाखदेखि न्यूरो अस्पताल बाँसबारीमा बसेर उपचार गराइरहेका छन् ।

त्यसअघि उनको बेलायतस्थित किङ्स कलेज हस्पिटलमा उपचार भएको थियो ।

५ महिना लामो उपचारपछि पनि स्वास्थ्यमा सुधार नआएपछि गत वैशाख १८ गते देवकोटालाई नेपाल ल्याएर बाँसबारीस्थित न्यूरो अस्पतालमा भर्ना गरिएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com