नन्दु यादव ,जेठ २१ बेलाटारी । नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिकाकाे अध्यक्ष,उपाध्यक्ष र वडाअध्यक्ष बिच देखिएकाे बिबाद अाज समाधान भएकाे छ । हामि बिच कुनै किसिमकाे बिबाद नरहेकाे प्रतापपुर गाउपालिकाका अध्यक्ष राजकुमार शर्मा ले बताउनु भएकाे छ ।अाज प्रतापपुर गाउपालिका ले अायाेजना गरेकाे पत्रकार सम्मेलन मा वहाले यस्ताे कुरा बताउनु भएकाे हाे ।जिल्ला ले अायाेजना गरेकाे बजेट बिनियाेजन तथा याेजना तर्जुमा तालिमलाई बहिस्कार गरेकि प्रतापपुर गाउपालिकाकि उपाध्यक्ष अन्जु कुमारी चाैधरी ले असहज बुझाई ले गर्दा हामिले अाबेशमा अायर कार्यक्रम बहिस्कार गरेका थियाै तर हाम्रो गाउपालिकामा त्यस्ताे कुनै पनि बिबाद नरहेकाे बताउनु भएकाे छ।हामी हरु गाउगाउमा बिकासका लहर चलाएका छाै केही बिबाद छैन तर केही मिडियाहरुले गलत समाचार लेखेकाे ले अामजनतामा भ्रमित सृजना भएकाे छ ।तेसै गरि कार्यपालिका सदस्य बन्धु बरईले हामी एक अर्का बिच अबिश्वस्ताकाे कारण बहिस्कार गरेका थियाै तर हामी कार्यपालिका का पदाधिकारी बिच अब कुनै किसिमका बादबिबाद नरहेकाे जानकारी गराए।तेसै गरि वडा न९ का वडा अध्यक्ष हेमेन्द्र पजियार ले वडा अध्यक्ष हरु मनमुटाव का कारण अाबेशमा अाएर कार्यक्रम बहिष्कार गरेकाे बताउनु भयाे अबकाे दिनमा कुनै पनि किसिमकाे गाउपालिका बिबाद नरहेकाे समेत बताउनु भयाे ।