About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
वाल संञ्जाल देवदहको अध्यक्षमा न्यौपाने

टंक सुनार शनिबार, जेठ १९, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

जेठ १९ । वाल संञ्जाल देवदहको पुर्नगठन गरीएको छ । संञ्जालको पुर्नगठित समितीको अध्यक्षमा दिया न्यौपाने सर्वसम्मत रुपमा चयन भएकी छन । शनिबार रुपन्देहीको देवदह सभाहलमा भएको वडा स्तरीय बाल क्लबका प्रतिनिधिहरुको भेलाले न्यौपाने सहित २४ सदस्यीय बाल संञ्जाल सर्वसम्मत रुपमा चयन गरेको हो । जसको उपाध्यक्षमा श्यामु मौरीया, सचिवमा राहुल सापकोटा, सह–सचिवमा विनिता भण्डारी र कोषाध्यक्षमा शुभेक्षा थापा चयन भएका छन ।

संञ्जालको सदस्यहरुमा विमला बिक, प्राप्ती पोख्रेल, सन्दिप नेपाली, विशाल भट्टराई, स्मती परीयार, किरण पाण्डे, धिरज घर्ती, जेनिस अधिकारी, बर्षा तिवारी सविना श्रीमल लगायत रहेको बाल अधिकारकर्मी त्रिलोचन दाहालले जानकारी दिनु भयो । संञ्जाल गठनको पुर्व संध्यामा बोल्दै नगर प्रमुख हिरा बहादुर खत्रीले देवदहलाई बालमैत्री नगरपालिका बनाउन सहयोग गर्न आग्रह गर्नु भएको थियो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशाषकिय अधिकृत श्रीकृष्ण नेपाल, वडा अध्यक्षहरु पदम थापा, दामोदर क्षेत्री लगायतले बोलेका थिए । बाल संञ्जाल गठनमा देवदह साप्ताहिकले समन्वयकारी भुमिका खेलेको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com