टंक सुनार
जेठ १८ । रुपन्देहीको देवदहमा अवैध रुपमा बंगुर फारम संञ्चालन गरेको भेटिएको छ । देवदह नगरपालिका वडा नः ७ मा लक्ष्मण शीर्पाली र बोम बहादर अदै मगरले संञ्चालनमा ल्याएको बंगर फारम अबैध रुपमा संञ्चालन भएको भेटिएको हो ।
स्थानियले बंगुर फारमका कारण अत्याधिक फोहोर भएको गुनासो गरेपछि देवदह नगरप्रमुख हिरा बहादुर खत्री सहितको टोलीले बिहिबार अनुगमन गरेको थियो । अनुगमनका क्रममा दर्ता नै नगरी फारम संञ्चालन गरेको भेटिएपछि बन्द गर्नका लागि ५ दिनको समय दिइएको र सो समय भित्र बन्द नगरे कानुन अनुसार कार्बाही गरीने नगरपालिकाले बताएको छ ।