About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
निरन्तर सिकाई कार्यक्रममा सहभागि आमाहरुलाई प्रमाण पत्र वितरण ।

Darpanpost सोमबार, जेठ १४, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

जेष्ठ १३ ,सुनवल ।
निरन्तर सिकाई कार्यक्रममा सहभागिहरुलाई आज एक कार्यक्रमका विच प्रमाण पत्र वितरण गरिएको छ । सुनवल सामुदायिक सिकाई केन्द्र को निरन्तर कक्षा संचालन कार्यक्रममा सहभागि निरन्तर कक्षा संचालनका शिक्षक र आमाहरुलाई प्रमाण पत्र वितरण गरिएको हो । सुनवल १ सोमनाथ वाल उद्यानको भवनमा आयोजना गरिएको प्रमाण पत्र वितरण कार्यक्रमको अध्यक्षता सुनवल सिकाई केन्द्रका अध्यक्ष उमानाथ पोखरेल को रहेको थियो भने सुनवल नगरपालिका का प्रमुख भिम वहादुर थापा को प्रमुख आतिथ्यता , सुनवल नगरपालिका वडा नम्वर ३ का वडाध्यक्ष कर्णं वहादुर शेन , सुनवल नगरपालिका शिक्षा अधिकृत हेमराज अर्याल, पर्यटन प्रत्रकार संघ जिल्ला सचिव रमेश भुसाल, समाजसेवि होमनथा लामिछाने, नैनसिहं सुनार लागाएत निरन्तर कक्षामा सहभागि आमाहरुको उपस्थीति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि सुनवल नगरपालिकाका प्रमुख भिम वहादुर थापाले खुसी ब्यक्त गर्दै आमाहरुलाई सुभकामना ब्यक्त गर्नुभएको थियो । त्यस्तै वडा नम्वर ३ का वडाध्यक्ष कर्ण वहादुर शेन साथै सुनवल नगरपालिकाका शिक्षा अधिकृत हेमराज अर्यालले शुभकामना ब्यक्त गर्नुभएको थियो । सुनवल सिकाई केन्द्रको परिचय सहित कार्यक्रमको उद्देश्य माथि प्रकाश सिकाई केन्द्रका अध्यक्ष उमानाथ पोखरेलले पार्नुभएको थियो । कार्यक्रममा स्वागत मनतब्य सिकाई केन्द्रका संचालन समिति सदस्य संजय श्रेष्ठको रहेको थियो भने कार्यक्रमको संचालन सिकाई केन्द्री की परिचालिका शिक्षा अर्यालले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com