About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
सुन चाँदी ब्यवसायी संघ देवदहमा इन्द्र बहादुर सुनार सर्वसम्मत, ब्यवसायीको पक्षमा काम गर्ने प्रतिवद्धता

Darpanpost शनिबार, जेठ १२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

टंक सुनार
जेठ १२ । सुन चाँदी ब्यवसायी संघ देवदहको अध्यक्षमा इन्द्र बहादुर सुनार सर्वसम्मत रुपमा चयन हुनु भएको छ । शनिबार रुपन्देहीको देवदहमा सम्पन्न संघको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट सुनार सहितको १२ सदस्यीय कार्यसमिती सर्वसम्मत रुपमा चयन भएको हो । जसको उपाध्यक्षमा सुमन बिश्वकर्मा , सचिवमा कमल गहतराज, सह–सचिवमा भीम सुनार, कोषाध्यमा सुवास बिश्वकर्मा र सह–कोषाध्यक्षमा गुरु प्रसाद मुखिया चयन भएको निर्वाचन मण्डलका संयोजक एवम सुन चादी ब्यवसायी संघ रुपन्देही अध्यक्ष एम.वि बिश्वकर्माले जानकारी दिनु भयो ।संघको सदस्यहरुमा उदय सुनार, रोम बहादुर बिश्वकर्मा, यम बहादुर सुनार, विजय सुनार,जोग बहादुर सुनार र महिला सदस्यमा सुजाता गहतराज चयन भएका छन ।

उक्त अवशरमा संघको पाच सदस्यीय सल्लाहाकार समिती पनि गठन गरीएको छ । जसमा तिलक बिश्वकर्मा, केशव श्रमकोटी, टेक बहादुर बिश्वकर्मा , राम बहादुर बिश्वकर्मा र सन्तलाल गहतराज रहेका छन । अधिवेशनको रुपन्देही क्षेत्र नम्बर एकका सांसद एवम दलित अगुवा छबिलाल बिश्वकर्माले उद्घाटन गर्नु भएको थियो । नवनिर्वाचित कार्यसमितीले शनिबार नै पद तथा गोपनियताको सपथ ग्रहण गरेको छ । सपथ ग्रहण पश्चात बोल्दै संघका नवनिर्वाचित अध्यक्ष सुनारले ब्यवसायीको हक हितका पक्षमा काम गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com