About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
देवदहमा तेस्रो युगिन राष्ट्रिय मुक्तक वाचन हुने,पर्यटन विकासमा सहयोग पुग्ने विश्वास

Darpanpost शुक्रबार, जेठ ११, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

टंक सुनार
जेठ ११ । रुपन्देहीको देवदहमा तेस्रो युगिन राष्ट्रिय मुक्तक वाचन २०७५ हुने भएको छ । युगिन साहित्य समाज रुपन्देहीको आयोजनामा यही जेठ १९ गते कार्यक्रम हुन लागेको समाजले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । देवदह पपिलडाडामा हुने कार्यक्रममा १५ जना मुक्तककारहरुले मुक्तक वाचन गर्ने बताइएको छ । पत्रकार सम्मेलनमा बोल्दै समाजका कोषाध्यक्ष एवम कार्यक्रम संयोजक बिष्णु पोख्रेलले करीब ४ सय दर्शक भित्राउने लक्ष्य लिएको बताउनु भयो । मुक्तक विधाको बृद्धी र साहित्यीक पर्यटनको विकास गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको उहाको भनाई थियो ।

मुक्तक वाचनमा सहभागि हुनका लागि प्रवेश सुल्क एक सय रुपैया तोकेको आयोजकले बताएको छ । कार्यक्रममा सहभागी हुने साहित्यकारहरुलाई देवदह क्षेत्रका विभिन्न ऐतिहासिक क्षेत्रहरुको अवलोकन गराउने कार्यक्रम रहेकाले यसले देवदह क्षेत्रको प्रचार प्रसारमा महत्वपुर्ण भुमिका खेलने आयोजकको बिश्वास छ । कार्यक्रम गर्नका लागि करीब १ लाख ६७ हजार खर्च अनुमान गरीएको छ । नगरपालिकाले ७५ हजार विनियोजन गरेको र बाकी रकम टिकट बिक्रि र प्रयोजकबाट ब्यवस्था गर्न लागिएको समाजका अध्यक्ष यज्ञ प्रसाद न्यौपानेले बताउनु भयो । रुपन्देहीको देवदहमा क्रियाशिल रहेको यस संस्थाले साहित्यको संरक्षण प्रर्वद्धनका लागि विभिन्न रचनात्मक कार्यहरु गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com