जेष्ठ ८ ।
नेपाल आदीवाससि जनजाति महासंघ सुनवल नगरपालिका वडा न ४ मा ३ दिने वाख्रा पालन तालिम सम्पन्न भएको छ । नगरका सचिव संजय कुमार श्रेष्ठको सक्रियता रहेको तालिमको समापन कार्यक्रममा नेपाल आदीवाससि जनजाति महासंघ सुनवल नगरपालिका वडा न ४ का अध्यक्ष दिलकुमारी वुडामगरको अध्यक्षता, वडा न ४ का वडा अध्यक्ष विर वहादुर गुरुङको प्रमुख अतिथ्यता , आदिवासि जनजाति महासंघ सुनवल नगर कमिटिका अध्यक्ष देव वहादुर गुरुङको विशिष्ट अतिथ्यता साथै, प्रशिक्ष बिमल ढकाल र नर वहादुर खड्काको उपस्थीपित रहेको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि देव बहादुर गुरुङले जनजातिहरु वाख्रापालन मात्र नभई अवश्यक परेमा देशकै नेतृत्व लिन समेत पछि पर्न नहुने वताउदै तालिम पश्चात ब्यवसायिकता तर्फ अगाडि वढ्नु पर्नेमा जोड दिनुभएको थियो । त्यस्तै तालिममा सिकेको सिपलाई ब्यवहारमा उतार्नु पर्नेमा जोड दनुभएका प्रमुख अतिथि वडा अध्यक्ष विर वहादुर गुरुङले तालिममा सहभागिहरुलाई प्रमाण पत्र वितरण गर्नुभएको थियो । कार्यक्रममा प्रशिक्षक विमल ढकाल को शुभकामना मनतब्य र जनजाति महासंघ कि वडा सचिव सुकमाया आलेले कार्यक्रम संचालन गर्नुभएको थियो ।