अमृत भट्टराई / ७ जेठ,बुटवल । एउटै गाउँका चार बालिका को नुहाउने क्रममा डुबेर मृत्यु भएको छ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर – ११ मसिनामा पोखरीमा चार बालिकाको डुबेर मृत्यु भएको छ ।
नुहाउन पोखरीमा गएका मसिनाका ९ वर्षकी अविदा खतुन, १० वर्षकी साहिमा खातुन र मुविना खातुन तथा १४ वर्षकी साहिया खातुनको ज्यान गएको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।
लुम्बिनीबाट ४ किलोमिटर पश्चिममा पर्ने पोखरीमा बालिका डुबेको देखेपछि स्थानीय वडाअध्यक्ष अरामुद्धिन खाँले प्रहरीलाई खबर गरेपछि उनीहरुको शव पोखरीबाट निकालेको प्रहरीले जनाएको छ ।